पत्रकार महासंघलाई साझा संस्था बनाऔँ : अध्यक्ष आचार्य
पोखरा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले महासंघको गरिमा र प्रतिष्ठालाई जोगाउनका लागि साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका हुन् ।
‘महासंघ साझा संस्था हो । यसमा कुनै एक पक्षको मात्र बाहुल्यता हुनुहुँदैन,’ उनले भने, ‘यसमा महत्व र गरिमा कायम गर्नका लागि साझा ढंगले सवैलाई समेटेर अगाडी बढ्नुपर्दछ ।’ अध्यक्ष आचार्यले पत्रकार महासंघमा सबैलाई अटाउने गरी नेतृत्व चयन गरेर साझा बनाउनु पर्ने बताए । ‘पत्रकार महासंघमा आउनेहरूले साझा भुमिका खेल्नुपर्छ । संस्थामा आएपछि राजनीतिक विचार र आस्थाका आधारमा नभई स्वतन्त्र रुपमा काम गर्ने सोच राख्नुपर्छ,’ उनले भने, ‘महासंघ साझा चरित्रको बनाउने गरी केन्द्रीय समिती तीनै तहको निर्वाचनको तयारीमा लागेको छ ।’
उनले निर्वाचन सफल पार्न सबैलाई आग्रह समेत गरे । आगामी चैत १६ गते महासंघको स्थापना दिवसको अवसरमा तीन तहमा निर्वाचित हुने पदाधिकारीको पदस्थापन गर्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाइएको अध्यक्ष आचार्यले बताए ।
गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले देश संघीय संरचनामा गएपछि त्यसको कार्यान्वयन गदै महासंघ अगाडी बढेको बताए । उनले संघीयताको कार्यान्वयनका चरणमा संस्थामा जिम्मेवारी दिएर कार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
गण्डकी प्रदेश सरकार कानून मन्त्रालयको १५ लाख, सांसद विद्या भट्टराई पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १० लाख र कार्यसमितिका पदाधिकारी तथा सदस्यबाट रकम संकलन गरेर करिव ३५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
भवन उद्घाटन कार्यक्रममा सांसद विद्या भट्टराई अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय रामकृष्ण ज्ञवाली, नविन कुईंकेल लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’