‘विश्वास मत खेर जाँदैन’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनताबाट प्राप्त विश्वासको मत खेर जान नदिने बताएका छन् ।
नेकपा जैमिनी नगरकमिटीले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा नेता पौडेलले सरकारलाई काम गर्न कसैले नरोकेको तर्क गरे।
असंवैधानिक कदम चाल्ने अनि काम गर्न नदिएको भन्ने आरोप झूट भएको बताउँदै सो समूहका गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका उनले संसद् पुनःस्थापनासँगै जनताको मतलाई थप सदुपयोग गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले वर्तमान समस्या संसदबाट हल भएर जाने विश्वास व्यक्त गरे ।
प्रचण्ड–नेपाल पक्षधर नेकपालाई संसदीय दलको नेता छान्ने अधिकार रहेको बताउँदै उनले संसदीय दलको नेतासमेत आफूहरूले तय गर्ने बताए । उनले सूर्य चिह्न आफूहरूले नै पाउनुपर्ने जिकीर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै