शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्जियस लुक्समा जान्हबी

शुक्रबार, १४ फागुन २०७७, १९ : ५२
शुक्रबार, १४ फागुन २०७७

मुम्बई । अभिनेत्री जान्हबी कपुर लुक्स तथा फिल्म अभिनयका कारण हमेशा चर्चाको विषय बन्ने गर्छिन् । लुक्सका कारण चर्चामा कसरी आउने उनले राम्ररी बुझेकी पनि छिन् । त्यसैले पनि सामाजिक सञ्जालमा उनी चर्चा योग्य तस्बिर सार्वजनिक गर्छिन् ।

अहिले पनि सामाजिक सञ्जालबाट उनका केही गर्जियस लुक्सको तस्बिर बाहिर आएको छ । जुन भाइरल भैरहेको देख्न सकिन्छ । तस्बिरमा उनी निकै हट देखिएकी छन् ।  लुक्सको कुरा गर्ने हो भने तस्बिरमा उनी सिल्वर कलरको शिमरी टपका साथ पिंक कलरको ट्राउजरमा देखिएकी छन् । यो गेटअपमा उनलाई सुहाएको पनि छ । उनको यो लुक्सको फ्यान तारिफ समेत बर्साएका छन् ।

कामको कुरो गर्ने हो भने उनी पछिल्लो समय नेटफ्लिक्समा रिलिज फिल्म ‘गुन्जन सक्सेना – द कारगिल गर्ल’मा देखिएकी थिइन् । अहिले उनी आफ्नो आउँदो फिल्म ‘रुही’को प्रमोशनमा व्यस्त छिन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप