बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सरकार विचलित हुँदैन: मन्त्री गुरुङ

शुक्रबार, १४ फागुन २०७७, १९ : ३५
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताएका छन् ।  शुक्रबार नेपालको राष्ट्रियगानका संगीतकार वरिष्ठ कला साधक अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका कारण सरकार विचलित नहुने बताएका हुन् । राष्ट्र र राष्ट्रियताको निम्ति सरकारले अविचलित रुपमा काम गर्ने उनको भनाई छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र सही गन्तव्य दिने दाबी गरे । उनले भने– ‘अहिलेको राजनीतिबाट मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय दृष्टिकोण बोकेको नेपाल सरकार कतै विचलित हुनेछैन । सरकारले अविचलित रुपमा नेपाल राष्ट्रको निम्ति, राष्ट्रियताको निम्ति सदा सदा काम गर्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै यो मुलुकलाई सही दिशा र सही गन्तव्यमा पुर्याउनेछ भन्नेमा म विश्वास दिलाउन चाहान्छु ।’

मन्त्री गुरुङले संगीतकार अम्बर गुरुङको सांगीतिक क्षेत्र र राष्ट्रिय भावना प्रति ओतप्रोत भएको कलाकारिताबाट सबैले राष्ट्रभक्ति प्रेरणा लिएर अगाडि बढे उहाँप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने बताए । नेपाललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन संगीतकार गुरुङको योगदान रहेको भन्दै उनले संगीतकार गुरुङप्रति सम्मान व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप