बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब फैसला संसदबाटै: मन्त्री भट्ट

शुक्रबार, १४ फागुन २०७७, १९ : १८
शुक्रबार, १४ फागुन २०७७

मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएकाले अब संसदबाटै जित वा हारको फैसला हुने बताएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले पार्टीभित्रकै व्यक्तिहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने देखेर ताजा जनादेशका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए ।

नेकपा ओली समूहमा रहेका उनले भने, ‘पार्टीभित्रै प्रतिपक्ष जन्मियो र उक्त प्रतिपक्षले नेतृत्वमाथि नै अविश्वास प्रस्ताव ल्याउने तयारी गर्दैगर्दा प्रधानमन्त्रीज्यूले ताजा जनादेशका लागि जनतासमक्ष जाने भन्दै संसद विघटन गर्नुभएको थियो ।’

यद्यपि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नमा आफ्नो नेतृत्वलाई कुनै समस्या नरहेको उनले बताए । अदालतको निर्णयले पुनः पुस ४ गतेको स्थितिमा फर्काइदिएको भन्दै उनले संसदबाटै निकास खोजिने बताए । ‘अदालतले पुस ४ गतेको स्थितिमा फर्काइदिएको छ, यसमा जितको खुशी मनाउनुपर्ने कुरा छैन, अब संसदबाटै लडाइ लडेर जित र हारको फैसला हुन्छ,’ उनले भने, ‘यसले देशमा फेरि राजनीतिक अस्थिरता थपिदिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप