
सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

सुर्खेत । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइ मार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए ।
सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ब्रोइलरको मासुमा रोक लगाइएको यहाँस्थित पशुसेवा शाखाले जनाएको छ । बैठकले पशुपंक्षीसमेत बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्ष छक्कबहादुर रोकायालगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा बर्डफ्लु देखापरेपछि हुम्लामा पनि सर्वसाधरणलाई ब्रोइलरको मासु नखान र व्यापारीलाई बेचबिखन नगर्न भनिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ