विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने
पोखरा । रुपा गाउँपालिकाले पाँचौं स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । गाउँपालिकाले फागुन २३ गते स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता, गाउँपालिकास्तरीय झाँकी प्रदर्शन, फूल तथा दुबोको माला प्रतियोगिता, स्रष्टा सम्मान लगायतका कार्यक्रम आयोजना हुने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने मुल नारासहित मनाउन लागेको कार्यक्रममा पालिकाभित्रका स्रष्टाको सम्मान, पालिकाबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान समेत गरिने उनले बताए ।
अध्यक्ष ओझाले रुपाले विकास र समृद्धिका लागि उल्लेख्य कार्य गरेको बताउँदै युवा तथा खेलकुदको विकासका लागि हरेक वडामा खेलकुद मैदान, गाउँपालिकास्तरीय कभर्डहल, प्यारापिटसहितको स्टेडियम निर्माण लगायतका कार्य गरेको बताए ।
उनले पालिकामा पर्यटन विकास, खानेपानी, शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार, सडक, सिँचाई, कृषि, पशुपालन र रोजगारी लगायतका क्षेत्रमा उल्लेख्य कार्यहरु गरेको दावी गरे । गाउँपालिकाका प्रवक्ता टेकबहादुर गुरुङले पालिकाको स्थापना दिवसमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट हुनेका नगद पुरस्कारसहित सम्मान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा