शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ दम्पतीले दुई सन्तान नीति तोडेर जन्माए ७, तिर्नुपर्यो १ करोड बढी जरिवाना

शुक्रबार, १४ फागुन २०७७, १४ : २६
शुक्रबार, १४ फागुन २०७७

चीनमा एक दम्पतीले दुई सन्तान नीति उल्लंघन गर्दै सात सन्तान जन्माए तर यसका लागि उनीहरुले भारी जरिवाना तिर्नुपरेको थियो । ग्लोबल टाइम्सका अनुसार यो जोडीले ७ सन्तान जन्माएका कारण १ लाख ९ हजार ७ सय ८७ डलर (१ करोड २७ लाख रुपैयाँ बढी) जरिवाना बुझाउनु परेको छ ।

३४ वर्षकी महिला व्यवसायी जाङ रोङ्गरोङ्ग र उनका ३९ वर्षका श्रीमानका पाँच छोरा र दुई छोरी छन् । चीनको दुई सन्तान नीतिको उल्लंघन गरेका कामरण यो जोडीले सोसल सपोर्ट फिस (जरिवाना) तिरेका हुन् । उनीहरुले यसो नगरेको भए उनीहरुका अन्य पाँच सन्तानले सरकारी परिचयसँग सम्बन्धित दस्तावेज पाउने थिएनन् ।

जाङको स्किनकेयर, गहना र गार्मेन्टको व्यवसाय छ र उनको कम्पनी दक्षिण पूर्वी चीनमा रहेको छ । उनले द पोस्टसँगको कुराकानीमा आफूलाई धेरै सन्तान चाहिएको र आफू एक्लै हुँदा असाध्यै तनावमा हुने गरेकोले कहिल्यै एक्लै बस्न नचाहेका कारण यति धेरै सन्तान जन्माएको बताइन् । उनले भनिन्, ‘जब मेरा श्रीमान् कामको सिलसिलामा कतै बाहिर जाँदा मलाई असाध्यै तनाव हुन्थ्यो । मेरा हुर्किसकेका बच्चाहरु पनि पढाईका लागि अर्को शहरमा गइसकेका छन् । त्यसैले मेरा स–साना बच्चाहरु मात्रै मसँग बस्छन् । यद्यपि, हामी सातजना भन्दा बढी सन्तान जन्माउने योजनामा छैनौं ।’

उनले थपिन्, ‘हामीले यी सन्तानको योजना गर्नु अघि बच्चालाई आर्थिक सुरक्षा दिने उद्देश्यले हामीले हाम्रो आर्थिक अवस्थाको सुनिश्चितता गर्यौं ।’

स्मरण रहोस्, चीनले सन् १९७९ मा वान चाइल्स पोलिसी (एक सन्तान नीति) सुरु गरेका थियौं । सन् २०१५ अर्थात् ३६ वर्षपछि एक सन्तान नीतिलाई खारेज गरेर दुई सन्तान नीति लागू गरियो ।

 ग्लोबल टाइम्सका अनुसार अघिल्लो वर्ष पनि चीनमा एउटा जोडीको बैंक अकाउन्ट फ्रिज गरिएको थियो किनभने उनीहरुले पनि दुई सन्तान नीति उल्लंघन गरेका थिए । अदालतले यो जोडीलाई तेस्रो सन्तान भएपछि ४५ हजार डलर जरिवाना तिर्न आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप