क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु

एजेन्सी । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।
यहाँका अधिकारीहरुका अनुसार यो संख्या कोभिड महामारीबाट अमेरिकामा भएको निधनको दश भागको एक भाग रहेको छ । अमेरिकामा पछिल्लो समयमा कोभिड १९ को महामारी केही कमी भएका पनि यो सङ्क्रमणको खतरा भने टरेका छैन । तर क्यालिफोर्नियामा भने यो महामारीको प्रकोप झन् बढ्दो अवस्थामा रहेको पनि बताइएको छ । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा मात्र अमेरिकाको यो राज्यमा कम्तीमा पनि १ हजार ११४ जना नागरिकको ज्यान गएको बताइएको छ ।
त्यसैगरी यहाँका करिब ३४ लाख नागरिकमा यो सङ्क्रमणको प्रकोप रहेको पनि बताइएको छ । बताइएअनुसार अमेरिकामा पछिल्लो तथ्याँकमा जनाइएअनुसार यहाँका कम्तीमा पनि पाँच लाख नागरिकको ज्यान गएको बताइएको छ । अमेरिकी राज्यहरुमा कोभिडका कारण ज्यान जाने राज्यमा क्यालिफोर्नियामा सबैभन्दा धेरै नागरिकको मृत्यु भएको पनि सो तथ्यमा जनाइएको छ । यहाँ गएको दश महिना यता २५ हजार जनाको ज्यान गएको थियो भने पछिल्ला दुई महिनामा यसको दोब्बर मानिसको ज्यान गएको छ ।
यसरी गएको दुई महिना यता नै क्यालिफोर्नियाका नागरिकका लागि सबैभन्दा कष्टकर अवस्था रहेको पनि अमेरिकी सरकारले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा