शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीमा जिप पल्टीदा ५ घाइते

शनिबार, २१ असोज २०७४, १२ : ३७
शनिबार, २१ असोज २०७४

गुल्मी- गुल्मीको ईस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको जिप केहि वेर अघि रैदीको  सडकमा पल्टीदा ५ जना घाईते भएका छन् । ईस्मा मैदानबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्वरको जिप रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा स्टेरिङ्ग फेल भएर सडक मै पल्टीदा ५ जना घाईते भएका हुन् ।

   जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता गंगाबहादुर थापका अनुसार घाईते ५ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको अवस्था समान्य रहेको छ । स्टेरिङ्ग फेल भएर जिप सडकमा पल्टीएको प्रवत्ता थापाले  जानकारी दिए । घाईतेको अवस्था समान्य रहेकोले नाम विवरण खुलाउन आवस्यक नरहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप