शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७१ वर्षको उमेरमा छैटौं पटक पिता बने यी सङ्गीतकार, जेठी छोरी ४७ वर्ष पुगिन् त पाँचौं श्रीमती ३६ वर्षकी

शुक्रबार, १४ फागुन २०७७, १३ : ४४
शुक्रबार, १४ फागुन २०७७

अमेरिकन आइडलबाट चर्चामा आएकी गायिका क्याथरिन म्याक्फी ७१ वर्षका क्यानेडेली सङ्गीतकार डेविड फोस्टरको सन्तानकी आमा बनेकी छिन् । ३६ वर्षकी क्याथरिनको यो पहिलो सन्तान हो भने ७१ वर्षका डेविडको छैटौं ।

रिपोर्टका अनुसार हाल आमा र बच्चा दुबै ठिक छन् । यो जोडीको समूहका अनुसार क्याथरिनले एक स्वस्थ छोरालाई जन्म दिएकी छिन् । सुत्केरी हुनु केही दिन अघि नै क्याथरिनले वुमन अन टप नामको पोडकास्टमा उनले चाँडै नै छोरालाई जन्म दिन लागेको जानकारी दिएकी थिइन् ।

क्याथरिनले भनेकी थिइन्, ‘म सधैं छोरी चाहन्थेँ तर अब म छोरालाई स्वागत गर्दैछु, त्यसैले मैले उसलाई धेरै कुरा सिकाउनुपर्नेछ । मैले जे कुरा छोरीलाई सिकाउँछु भनेर सोचेकी थिएँ अब त्यो भिन्न हुनेछ ।’

स्मरण रहोस्, डेविडको यो पाँचौ विवाह हो र उनका यसअघि पाँच सन्तानका छन् । यसका साथै डेविडका सात नाती नातिना पनि छन् । डेविडकी जेठी छोरी एलिसन जोन्सको जन्म सन् १९७० मा भएको थियो र त्यतिबेला उनी २० वर्षका मात्रै थिए । यसका साथै डेविडका ४ छोरीहरुमध्ये एमी ४७ वर्षकी, सारा ४० वर्षकी, एरिन ३८ वर्षकी र जोर्डन ३४ वर्षका छन् ।

डेविडको पहिलो विवाह लेखिका बिजे कुकसँग भएको थियो । जेठी श्रीमतीबाट डेविडकी एमी स्काइलार्क नामकी छोरी छिन् । उनी गीतकार र लेखिका हुन् । त्यसपछि डेविडले दोस्रो विवाह रेबेका डायरसँग गरे । उनीबाट उनका तीन छोरीहरु सारा, एरिन र जोर्डन छन् ।

डेविड फोस्टरले तेस्रो विवाह सन् १९९१ मा लिन्डा थोम्पसनसँग गरे । उनीहरुको सन् २००५ मा सम्बन्धविच्छेद भयो । त्यसपछि डेविडले चौथो विवाह डच मोडल तथा गिगी हदिदकी आमा योलान्दा हदिदसँग सन् २०११ मा गरे । मे २०१७ मा डेविडको उनीसँग पनि सम्बन्धविच्छेद भयो ।

त्यसपछि डेविडले जून २०१९ मा गायिका क्याथरिनसँग विवाह गरे । यी दुईको लण्डनको साउथ केसिङ्ग्टनको एउटा चर्चमा विवाह भयो । अक्टोबर सन् २०२० मा क्याथरिनले आफू डेविडको बच्चाको आमा बन्न लागेको घोषणा गरिन् । त्यसपछि २४ फेब्रुअरी २०२१ मा यो जोडीले एक छोरालाई जन्म दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप