बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिरियामा अमेरिकी हवाई कारबाही, इरान समर्थक सत्र लडाकू मारिए

शुक्रबार, १४ फागुन २०७७, १२ : ५०
शुक्रबार, १४ फागुन २०७७

एजेन्सी । सिरियामा भएको अमेरिका आवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । 

अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छ्रैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्ध इस्लामिक स्टेट (आइएस्) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गएका थिए । यिनै आतङ्ककारी समूहहरूलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए । एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप