भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम अब गोरखा र तनहुँमा पनि
काठमाडौं । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारी र तनहुँको आबुखैरेनीमा खुलेको छ । उपत्यका बाहिर (मोफसल) का यी दुई स्थानमा कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
बिहिबार एक कार्यक्रमकाबीच कम्पनीले औपचारिक रुपमा शोरुम उद्घाटन गरेको छ । हरमटारी बजार स्थित नयाँ शोरुमकको उद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।
नेपालका लागि भेस्पा अप्रिलियका लागि आधिकारीक वितरक दुगड ग्रुप रहेकोमा सो स्थानमा भने कम्पनीको आधिकारीक वितरकको रुपमा निलभ अटो ट्रेडर्सले आधिकारिकता पाएको हो । यसका सञ्चालक निरोज कट्टेल हुन् ।
सोरुम उद्घाटन गर्दै दुगडका उपाध्यक्ष विजयकुमार महतोले पृथ्वी नारायण शाहको भूमिमा नयाँ शाखा विस्तार गर्न पाउनु सौभाग्यको कुरा रहेको बताए ।
निलभ अटो ट्रेडर्सले गोरखामा रोयल इन्फिल्डको सोरुम समेत सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या