शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा फेरि देखियो बर्डफ्लु

शुक्रबार, १४ फागुन २०७७, १२ : २१
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु देखा परेको छ । 

शंकास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको हो । 

बर्डफ्लुको संक्रमण देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । 

बर्डफ्लुको संक्रमण देखिएपछि अहिले सो क्षेत्र र वरपरका क्षेत्रहरुमा समेत सचेत गराइएको विभागले जनाएको छ । 

अहिले सम्म पाँच वटा फर्ममा बर्डफ्लुको संक्रमण देखिएको र ती फर्महरुमा पालिएका कुखुरा, चल्ला र दाना समेत नष्ट गरिएको तारकेश्वर नगरपालिकाले जनाएको छ ।
 
बर्डफ्लुको संक्रमण अन्य क्षेत्रमा समेत फैलन सक्ने भन्दै अहिले नागरिकमा सबैमा सचेत रहन र कुखरा जन्य वस्तुको किन बेच नगर्न समेत सबैलाई आग्रह गरेको छ । 

केही दिन अघि सोही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि करिब १४ वटा हाँस नष्ट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप