शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनिषाले गरिन् ब्यूटी सलोनको उद्घाटन

शुक्रबार, १४ फागुन २०७७, ११ : ५०
शुक्रबार, १४ फागुन २०७७

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले ‘अनानिक ब्यूटी सलोन एन्ड स्पा’को उद्घाटन गरेकी छन् । ‘अनानिक ब्युटी सलोन एन्ड स्पा’को पाँचौ ब्राञ्चको रुपमा बिहीबारबाट सञ्चालनमा आएको उक्त स्पाको अभिनेत्री मनिषाले रिवान काटेर उद्घाटन गरेकी थिइन् ।

ओपनिङमा अभिनेत्री मनिषा कोइरालासहित, सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दीपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायत दर्जन बढी सेलिब्रेटी पुगेका थिए । कार्यक्रममा अभिनेत्री कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिएकी थिइन् ।

क्यानडाबाट सुरु भएको अनानिकले नेपालमा ५ वटा ब्रान्च खोलेको छ । नयाँ बानेश्वर, दरबारमार्ग, लाविम मल, पोखरा पछि बौद्धमा यसको शाखा विस्तार भएको हो । अनानिकका सञ्चालक सुरवीन राई हुन् ।

एक समय बलिउडमा थुप्रै सुपरहिट फिलम दिन सफल मनिषाले करिब आधा दर्जन नेपाली फिल्म पनि अभिनय गरेकी छन् । उनी पछिल्लो समय राजनीतिमा आउने चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप