निशानामा मुकेश अम्बानी ? घर बाहिर बिस्फोटकयुक्त कारभित्र भेटियो धम्कीपूर्ण चिठ्ठी – मुकेश दाइ, यो त ट्रेलर मात्रै हो
एन्टिलिया बाहिर बिहिबार संदिग्ध कारमा विस्फोटक भेटिएपछि रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी निशानामा छन् भनेर आशंका गरिएको छ । प्रहरी अनुसन्धानमा बिस्फोटक राख्नेहरुले एक महिनासम्म एन्टिलियाको निगरानी गरेको तथ्य फेला परेको भारतीय सञ्चार माध्यमले बताएका छन् । यतिमात्रै होइन, उनीहरुले थुप्रै पटक मुकेश अम्बानीको कार्केडको पिछा पनि गरे । सीसीटिभी फुटेजमा कारमा बसेका व्यक्ति पनि देखिएका छन् ।
मुम्बइको अपराध महाशाखा यसबारे अनुसन्धान गर्न जुटेको छ ।
चिठ्ठीमा लेखियो – यो त ट्रेलर हो, पूरा बन्दोबस्त मिलिसक्यो
एन्टिलिया बाहिर जुन संदिग्ध कार भेटिएको छ, त्यसमा एउटा चिठ्ठी पनि भेटिएको छ । रिपोर्टका अनुसार चिट्ठी कम्प्युटरमार्फत् टाइप गरिएको छ । जुन ब्यागमा चिठ्ठी भेटिएको छ, त्यसमा मुम्बई इन्डियन्स लेखिएको छ । पत्रमा लेखिएको छ, ‘मुकेश दाइ, निता भाउजु, यो त ट्रेलर मात्रै थियो, पूरा बन्दोबस्त मिलिसक्यो । परिवारलाई उडाउने बन्दोबस्त भइसक्यो । सम्हालिएर बस्नुहोस् । शुभरात्री ।’
यद्यपि, यो चिट्ठीबारे प्रहरीले अहिलेसम्म आधिकारिक रुपमा केही पनि बताएको छैन ।
२० वटा नम्बर प्लेट भेटियो, थुप्रै नम्बर रिलायन्स स्टाफको गाडीसँग मेल खायोः
प्रहरीले यस विषयको अनुसन्धानका लागि १० टिम बनाएका ेछ । एटीएस र मुम्बई क्राइम ब्रान्चका टिमलाई भिन्न भिन्न टास्क दिइएको छ । अनुसन्धानको क्रममा कारमा २० वटा नम्बर प्लेट भेटिएको छ । थुप्रै नम्बर यस्ता छन्, जुन मुकेश अम्बानीका कर्मचारीद्वारा प्रयोग गरिने कारसँग मेल खान्छन् । प्रहरीका अनुसार नम्बर प्लेटबाट अन्दाज लगाउन सकिन्छ कि संदिग्धले मुकेश अम्बानीको कार्केड पिछा गरेको हुनसक्छ नभए कारको नम्बर म्याच गर्न सहज छैन ।
मुकेश अम्बानीको घरको सुरक्षा बढाइयोः
घटनापछि मुम्बई प्रहरीले मुकेश अम्बानीको घर आसपासको सुरक्षा कडा गरेको छ । मुकेश अम्बानीसँग पहिले देखि नै जेडप्लस सुरक्षा छ । उनको सुरक्षको जिम्मेवारी सेन्ट्रल रिजर्भ पुलिस फोर्सलाई सुम्पिएको छ । यसबाहेक मुकेश अम्बानीकी श्रीमती निता अम्बानीलाई वाई श्रेणीको सुरक्षा प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण