शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनी : तपाईंको सेयर भएको लघुवित्तको अवस्था कस्तो छ ? (विश्लेषण)

शुक्रबार, १४ फागुन २०७७, ११ : ३७
शुक्रबार, १४ फागुन २०७७

नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीमा कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ, कुन— कुन सूचक कसका बलिया छन्, कसका कमजोर छन् भनेर हामीले वित्तीय विश्लेषण गर्न खोजेका छौँ । विश्लेषण चालु आर्थिक वर्षको ६ महिनासम्म (साउन देखि पुससम्म) को तथ्याङ्कलाई आधार मानिएको छ ।

चालु आर्थिक वर्षको (२०७७/७८) दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश लघुवित्त कम्पनीको मूख्य सूचकको रुपमा रहेको नाफा बढेको देखिन्छ । नाफामा छिमेक लघुवित्त अगाडी छ भने प्रतिसेयर आम्दानीमा नेशनल माइक्रोफाइनान्स अगाडी छ । यस्तै जगेडा कोषमा निर्धन उत्थान लघुवित्त अगाडी छ । नाफा, प्रतिसेयर आम्दानी, जगेडाकोष, चुक्तापुँजी लगायतका सूचक एक अर्का लघुवित्तसँग तुलना गरेका छौँ ।

नाफामा छिमेक लघुवित्तको अग्रता

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त नाफा कमाउनेको सूचीमा अग्रस्थानमा छ ।  यसको नाफा २७.७९ प्रतिशतले बढेर ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । दोस्रोमा डिप्रोक्स लघुवित्त र तेस्रोमा साना किसान लघुवित्तको नाफा बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप