सिरियामा ईरानसमर्थित मिलिसियाहरुमाथि अमेरिकी आक्रमण, कम्तिमा १७ लडाकुको मृत्यु
अमेरिकाले सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा आक्रमण गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा हवाई आक्रमण गरिएको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि ईरानले अमेरिकी गठबन्धनका सैनिकहरुलाई लक्षित गरी ईराकमा गरेको आक्रमणको बदलास्वरुप यो हमला गरिएको विज्ञप्तिमा उल्लेख छ । पेन्टागनका अनुसार अमेरिकी फाइटर प्लेनहरुले सातवटा निशाना साँधेका थिए । कता ईब हिजबुल्लाह र कता ईब सय्यिद अल सुहादा ईरान समर्थित मिलिसियाहरुले प्रयोग गर्दै आएका धेरै भौतिक पूर्वाधारहरुमा आक्रमणबाट क्षति पुगेको छ ।
मर्नेको संख्या यकिन भइसकेको छैन । यद्यपी, सिरियल अब्र्जभेटिभ फर ह्युमन राईट्स (एसओएचआर)ले दर्जनभन्दा बढी ईरान पक्षधर लडाकुहरुको मृत्यु भएको जनाएको छ । ‘प्रारम्भिक रुपमा कम्तिमा पनि १७ जना लडाकु मारिएजस्तो देखिन्छ । उनीहरु सबै पपुलर मोबिलाईजेशन फोर्सहरुमा सदस्य हुन्,’ एसओएचआरका निर्देशक अब्दुल रहमानले एएफपी न्युज एजेन्सीसँग भनेका छन् ।
ईराकको इर्बिलस्थित विमानस्थलको मुख्य सैनिक अखडामा झन्डै दुई साताअघि ईरानले आक्रमण गरेको थियो, यसक्रममा दुईजना विदेशी ठेकेदारहरुको मृत्यु भयो भने एक अमेरिकी सैनिकसहित कम्तिमा ९ जना घाइते भए ।
स्रोतः अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ