शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री तथा काँग्रेस नेता जोशीलाई मस्तिष्कघात

शुक्रबार, १४ फागुन २०७७, १० : २८
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई ब्रेन हेमरेज (मस्तिष्कघात) भएको छ । बिहीबार राति १ बजे समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको उनका भाई राजुराज जोशीले जानकारी दिए ।

वीर अस्पतालबाट राति नै नर्भिक अस्पताल ल्याएर शल्यक्रिया गरिएको उनले जानकारी दिए । ‘सानो खालको अप्रेसन भैसक्यो, ड्रिलिङ गरेर, त्यो राम्रै भएको छ । तर अव स्टेवल हुनुपर्यो,’ जोशीले रातोपाटीसँग भने । नेता जोशीलाई डा. राजीव झा लगायतको टोलीले हेरिरहेका छन् । 

नेता जोशी गत निर्वाचनमा काठमाडौँ क्षेत्रनम्बर ८ बाट काँग्रेसका तफबाट उम्मेदार बनेका थिए । जोशी पूर्व उद्योगमन्त्री समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप