ad
केन्द्रीय संस्करण

वडा सदस्यले झुक्याएर सही गराएपछि......

person explore access_timeफागुन १४, २०७७ chat_bubble_outline0

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सही गराएको आरोप लागेको छ । आफुलाई झुक्याएर दर्लामीले हस्ताक्षर गराएको भन्दै आपत्ति खड्काले जनाएका हुन् ।

वडा सदस्य दर्लामीले घरमा आइ स्किम –२ को खानेपानीसम्बन्धी समस्याको विषयमा छलफल गरी संस्थामा पठाउनु पर्ने भएकोले सही गर्न आग्रह गरेको र त्यसैमा आफूलाई झुक्याएर केही कागजमा आफ्नो सही छाप गराइ फर्किएको खड्काले विज्ञप्तीमार्फत् आरोप लगाएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘विभिन्न वहानामा खानेपानी जस्तो संस्थालाई बदनाम गराउन खोज्दैछन् । सुर्खेत उपत्यकावासी जनतालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने सेवामुखी संस्थामा यस्तो राजनीति गर्नु राम्रो होइन्  ।’

खड्काले भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने, दुन्दुरे खोलाको पानी ल्याउने, वितरण पाइपलाइनहरु सुधार विस्तार गरी सेवालाई प्रभावकारी बनाउनका लागि कार्य अगाडि बढाइरहेको नेतृत्वलाई बदनाम गराउने काम भएको बताए । आफ्नो राजनीतिक तुक फेर्ने स्वार्थ बोकेका केही झुण्डहरु स्किम समितिमा निर्वाचित पदाधिकारी सदस्यहरुलाई अनेकौँ बहाना बनाएर झुक्याएर संस्थाको विरुद्धमा हस्ताक्षर सङ्कलन गर्दै हिँडेको विज्ञप्तीमार्फत् उनले जनाएका छन्  ।

आफूलाई झुक्याएर संस्थाको विरुद्धमा सहीछाप गराएको र त्यसमा आफ्नो समर्थन नरहेको उनले बताए । ‘वडा सदस्य जस्तो पदमा बसेका व्यक्तिले यस्तो गैरजिम्मेवारी काम गर्नु राम्रो होइन,’ उनले भने ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.