बेलायतमा कोरोनाबाट एक लाख २२ हजार बढीको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ३२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २२ हजार ७० जना पुगेको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ९ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५४ हजार ५६२ पुगेको छ ।
हाल बेलायतमा कोरोना संक्रमण दरमा कमी आएसँगै केहि दिनयता मृतक संख्या पनि दैनिक पाँच सयभन्दा कम हुने गरेको छ । बेलायतका अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या घटेर १६ हजार ५९ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार ११८ पुगेको छ ।
एक करोड ८६ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८६ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ८६ लाख ९१ हजार ८३५ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ७१८ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्ष बीचकालाई खोप वितरण गरिँदैछ ।
संक्रमण दरमा आएको कमीसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल ३०,मे १७ र जुन १२ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट