मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एक लाख २२ हजार बढीको मृत्यु

बिहीबार, १३ फागुन २०७७, २३ : ०३
बिहीबार, १३ फागुन २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार नाघेको छ ।   ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ३२३  जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २२ हजार ७० जना  पुगेको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ९ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन्  । थपिएका नयाँ संक्रमितसँगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५४ हजार ५६२ पुगेको छ ।

हाल बेलायतमा कोरोना संक्रमण दरमा कमी आएसँगै केहि दिनयता मृतक संख्या पनि दैनिक पाँच सयभन्दा कम हुने गरेको छ । बेलायतका अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या घटेर १६ हजार ५९  मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार ११८ पुगेको छ ।

एक करोड ८६ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८६ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ८६ लाख ९१ हजार ८३५ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ७१८ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्ष बीचकालाई खोप वितरण गरिँदैछ ।

संक्रमण दरमा आएको कमीसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल ३०,मे १७ र जुन १२ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप