मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभा पुनर्स्थापनापछि भारतको प्रतिक्रियाः यो नेपालको आन्तरिक मामिला हो

बिहीबार, १३ फागुन २०७७, २२ : ५६
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै नेपालमा उत्पन्न पछिल्लो राजनीतिक मुद्दालाई आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंग्याउने विषय भनेका छन् ।

उनले भनेका छन्, ‘हामी के विश्वास गर्छौं भने यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय हो । २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । केही महिनायता नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट हेरिरहेका छौं ।’  यसअघि  प्रतिनिधिसभा विघटनलगत्तै पनि भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप