मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाँच पटकसम्म चेक बाउन्स, बैंकिङ कसुरमा पक्राउ

बिहीबार, १३ फागुन २०७७, २१ : ५८
बिहीबार, १३ फागुन २०७७

दाङ । बैंकिङ कसुरमा प्रहरीले प्युठान नगरपालिका–७, पुण्य खोलाका सन्तोष विकलाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–२ बराखुटी, निवासी भरतबहादुर विश्वकर्माले जग्गा बिक्री बापतको रकम १८ महिना बित्दा पनि नपाएको भन्दै प्रहरीमा सन्तोषविरुद्ध उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा उच्च अदालतले सन्तोषविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालका अनुसार बैंकिङ कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको छ । सन्तोषले पाँच पटकसम्म चेक काटेर दिएको तर पाँचै पटक चेक बाउन्स भएपछि भरतबहादुरले आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिएको डिएसपी रिजालले जानकारी दिए ।

रिजालका अनुसार लमही नगरपालिका–१ मा रहेको जग्गा २०७६ मंसिरमा भरतले सन्तोषलाई बेचेका थिए । जग्गा खरिद गर्दा सन्तोषले केही रकम दिए पनि बाँकी रकम केही दिनमै दिने सहमति भएको थियो । १८ महिनासम्म पनि जग्गा रकम नपाउँदा भरतले उजुरी दिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप