शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गैँडाको खाग तस्करी गरेका आरोपमा पक्राउ

बिहीबार, १३ फागुन २०७७, २१ : १४
बिहीबार, १३ फागुन २०७७

गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौ कुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार हुँदै आएका रेउलेलाई काठमाडौँ धापासीबाट तथा तामाङ र रुम्बालाई सीतापाइलाबाट पक्राउ गरेको हो । उनीहरुले गैँडाको खाग ओसारपसार एवं खरीद बिक्री गर्न प्रयोग गरेको ना २ च. १४५८ नम्बरको गाडी र एक थान हतकडीको चाबीसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक कानूनी कारवाहीका लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो । 

साथै सोही मुद्दामा संलग्न रहेका अन्य चार जना अभियुक्तलाई ब्यूरोबाट खटिएको प्रहरीले यसअघि नै काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइसकेको छ । 

यसैबीच दुई महिलालाई टर्की पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका–१ का जीवन भट्ट र काठमाडौँ माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–४ की पूर्णिमा सिर्पाली रहेका छन् । 

भट्टलाई काठमाडौँ सोल्टीमोडबाट र बस्नेतलाई काठमाडौँ माइतीघरबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप