शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, १३ फागुन २०७७, १९ : ४३
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । कोरोनाबाट हालसम्म दुई हजार ७६७ जनाएको मृत्यु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप