कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छः डब्लुएचओ
बिहीबार, १३ फागुन २०७७, १९ : २८
![कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छः डब्लुएचओ](https://rpcdn.ratopati.com/media/albums/WHO_hAg7Oi5CKC.jpg)
एजेन्सी । कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ सुन्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यूरोप शाखाले बिहीबार बताएको छ ।कोभिड–१९ ले निम्त्याउने दीर्घकालीन परिणामलाई स्वास्थ्य अधिकारीले प्राथमिकतामा राख्नु विरामीका साथै रोगबारे हुने अनुसन्धानका लागि पनि महत्वपूर्ण बिषय भएको डब्लुएचओले बताएको हो ।
डब्लुएचओका यूरोप क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले पत्रकार सम्मेलनमा भने, “यदि कोभिड–१९ सङ्क्रमणबाट निको भएका व्यक्तिबाट अनुभवहरूलाई सुन्यौँ भने यसले कोभिडका कारण हुने दीर्घकालीन असरलाई बुझ्न सहज हुनेछ र यो निकै महत्वपूर्ण कुरा हो । यो हरेक स्वास्थ्यकर्मीका लागि मननीय तथ्य हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह
-
फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल