उर्लाबारी घटनाः मेहरमान दर्जीलाई थुनामा राख्न आदेश

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ । बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का स्थानीय हुन् ।
पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका थिए । उर्लाबारी–७ का रमेश गिरीको घरमा साथीको डेरामा अचेत अवस्था भएपछि उनलाई स्थानिय गोदावरी अस्पालमा पुर्याइयो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा उनीहरु छुटे । मृतकका आफन्तले आरोपीलाई छाडेको विरोधमा आन्दोलन गरेपछि सरकारी वकिल कार्यालय मोरङले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
घटनामा संलग्न अन्य चारजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले रातोपाटीलाई बताए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविणको ‘निसास्सिएर मृत्यु’ भएको पोष्टमार्टम रिपोर्ट दिएको छ । भिसेरा परीक्षणबाट विष खुवाएको अथवा खाएको पुष्टि भएको छैन ।
मृत्यु भएको दिन प्रविण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दिलिप पौडेलको डेरामा सुतेका थिए । पुस ४ मा राती उनीहरुसँग ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । उनीहरु एउटै कोठामा सुतेका र प्रविन अचेत भएपछि एम्बुलेन्समा अस्पताल लगेको बताइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख मनोजककुमार आचार्यले घटनामा संलग्न ६ जना विरुद्ध मुद्दा दर्ता गरेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘जन्म कैदको मागदावी लिएका छौं ।’
फोटो फेरेको देखिएन- एसपी खड्का
पीडित परिवारले इलाका प्रहरीका कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले मृतकको फोटो परिवर्तन गरेको आरोप लगाएका छन् । तर, प्रारम्भिक छानबिनबाट फोटो फेरेको नदेखिएको मोरङका एसपी सन्तोष खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरूमाथि छानविन गरिरहेको छ । ‘प्रारम्भिक छानबिनबाट फोटो परिवर्तन गरेको देखिएन’ एसपी खड्काले रातोपाटीसँग भने– ‘अनुसन्धानमा ढिलाई किन भयो भनेर समितिले छानविन गरिरहेको छ ।’
सक्कल फाईल सरकारी वकिल कहाँ पठाउनुपर्ने हुनाले मृतकका परिवारले दाबी गरेजस्तो प्रवीण बाँस्तोलाको नाम र तस्बिर मिसिलमा तोडमोड गरेको नदेखिएको खड्काको दाबी छ । ल्याव रिपोर्ट र पोष्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान केही ढिला भएको हुनसक्ने खड्काले बताए ।
यो पनि पढौँ...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय