ad
केन्द्रीय संस्करण

काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्छः मोहनविक्रम सिंह

person explore access_timeफागुन १३, २०७७ chat_bubble_outline0

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्ने बताएका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले सो कुरा बताएका हुन् ।

यद्यपि उनले ओली समूह र काँग्रेसको समीकरणमा  बन्न नसके प्रचण्ड–माधव समूह र मधेसवादी दलको समीकरणमा सरकार बन्ने सम्भावना रहेको समेत बताए । अध्यक्ष सिंहले अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिंदै उक्त सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले समर्थन र विरोध गर्ने जानकारी दिए ।

भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा सैन्य शक्ति भित्र्याउन खोजेको उनको आरोप थियो । उनले भने, ‘राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयाँ प्रकारको जटिलता आउन पनि सक्छ ।’ सर्वोच्च अदालतको फैसलालाई धन्यवाद दिँदै उनले संसद पुनः स्थापनापछि देशमा नयाँ परिस्थिति पैदा भएको बताए ।


 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.