शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

बिहीबार, १३ फागुन २०७७, १५ : ३०
बिहीबार, १३ फागुन २०७७

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भरतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप