शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

बिहीबार, १३ फागुन २०७७, १४ : ११
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
उनीहरुले विभिन्न मितिमा उपहार पर्योग भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप