आगामी बजेटको कर प्रणालीबारे उपसमितिले माग्यो सुझाव
बिहीबार, १३ फागुन २०७७, १३ : ४६
काठमाडौं । आगामी बजेटमा कर नीति कस्तो अपनाइने भन्ने विषयको राय सरकारले मागेको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको राजस्व परामर्श उपसमितिले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेटमा मूल्य अभिबृद्धि कर, आयकर, अन्त शुल्क, शिक्षा सेवा शुल्क तथा समग्र कर प्रणालीको सुधारको विषयमा नीतिगत र कानुनी सुधारसम्बन्धी सुझाव माग गरेको छ ।
समग्र कर प्रणालीलाई नीतिगत र कानुनी सुधार गरेर कसरी सरल बनाउन सकिन्छ भन्दै माग गरिएको राय सरोकारवालाले यहि फागुन मसान्तभित्र उपलब्ध गराउन आन्तरिक राजस्व परामर्श उपसमितिले आग्रह गरेको छ । सुझाव आन्तरिक राजस्व विभाग नीति विश्लेषण शाखा लाजिम्पाटमा पठाउन सकिने छ । इमेल मार्फत पनि सुझाव दिन सकिने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा