मालपोतको राजश्व लेखा अधिकृतको गोजीमा
काठमाडौं । मालपोत कार्यालयमा सेवाग्राहीले बुझाएको रकम राजश्व खातामा जम्मा नगरी हिनामिना गर्ने मालपोत कार्यालय चितवनका अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृत हुँदा ५७ वर्षीय परियारले राजस्व उठेको पैसा नक्कली बैंक भौचर रेकर्डमा राखेर हिनामिना गरेको आरोप छ ।
राष्ट्रिय बाणिज्य बैंक भरतपुरको भौचर, छाप र कर्मचारीको हस्तक्षर किर्ते गरेको भेटिएपछि रिठ्ठेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी सहकुल थापाले रातोपाटीलाई बताए ।
ब्यूरोले उनलाई तार्केश्वर नगरपालिका–६ जितपुरफेदीबाट पक्राउ गरेको हो । राजस्व बापत उठेको रकम रिठ्ठे सहितका सरकारी कर्मचारीको मिलेमतोमा १ करोड १७ लख हिनामिना गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
राजस्व रकम हिनामिना हुँदा रिठ्ठे त्यहाँ लेखा अधिकृत थिए । सरकारी छाप दस्तखत किर्ते मुद्दामा थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको डिआईजी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र