बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला लघुवित्तको आईपीओ भर्नेमध्ये ६३ प्रतिशतले नपाउने

बिहीबार, १३ फागुन २०७७, १२ : ४२
बिहीबार, १३ फागुन २०७७

 महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । 
गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारी गरेको थियो । 
जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । 

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिए भन्दा झण्डैं ६३ गुणाले नै बढी हो । 

माग र आवदेकको संख्याका आधारमा गोलाप्रथाबाट हुने आईपीओ बाँडफाँडमा ६३ प्रतिशत बढी आवेदककै हात खालि हुने देखिन्छ । 

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरूको हात खाली हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप