शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जना अख्तियारको फन्दामा

बिहीबार, १३ फागुन २०७७, १२ : १९
बिहीबार, १३ फागुन २०७७

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले फर्निचरमा उद्योगलाई काठ मिलाइदिने भन्दै घुस रकम लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट रू ५० हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले रातोपाटीलाई बताए । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप