आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक, ३ दिनपछि युवतीलाई प्रहरीले भेट्टायो
काठमाडौं । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आइनन् । बुधबार (फागुन १२)मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’
म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो । अनुसन्धानबाट विद्या कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट उनलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
‘अपहरण त होइन,’ एसपी बस्नेतले भने–‘आफै नाटक गरेको अनुसन्धानबाट खुलेको छ ।’ गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्किइन् ।
अपहरणको नाटक
चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छाडिन् । जागिर छाड्दा सहकारीमा उनको नाममा केही हजार पैसा बेरुजु देखियो । सो पैसा तिर्न बाँकी थियो । त्यही पैसा तिर्नका लागि आफ्नो बुवासँग पैसा लिने नियतले अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
बुधवार राति कालीमाटीमा प्रहरीले भेट्टाएपछि उनले भनेकी छिन्–‘मेसेज मैले नै लेखेको हुँ, कसैले अपहरण गरेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए