शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेवाताल किनारमा एक युवक मृत भेटिए

बिहीबार, १३ फागुन २०७७, १० : ५७
बिहीबार, १३ फागुन २०७७

पोखरा । पोखरामा एक युवक मृत फेला परेका छन् । लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका हुन् ।

युवक अन्दाजी २२–२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जनाएको छ । निलो ज्याकेट लगाएका करिब साढे ५ फिट उचाईका युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । मृतकको पहिचान भइनसकेको हमालले बताए । 

घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको र मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रवक्ता हमालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप