अब वेबसाइटबाटै माटो परीक्षण
काठमाडौं । अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपालले पहिलोपटक माटोको डजिटल नक्सा तयार पारेको छ,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा मटोको डिजिटल नक्सांकन गरिएको हो ।
माटोको उर्वराशक्ति, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणका बारेमा कृषकलाई सजिलै जानकारी दिने उद्देश्यले यो नक्सा तयार गरिएको हो । विगत ४ वर्षदेखि शुरू भएको डिजिटल नक्सांकन कार्य हालै सकिएको हो । यो समाचार आजको आर्थिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा