४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए ।
त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । उनीहरुले माघ २६ देखि ३० गतेसम्म खोप लगाएका थिए । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ सय १९ लाई खोप दिने लक्ष्य लिएकामा १ लाख ८५ हजार ८ सय ६५ जनाले मात्र खोप लगाइएको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका २ लाख ८५ हजार ८ सय ८७ जनामध्ये २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ : मन्त्री शर्मा
-
कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
-
प्रेस तटस्थ, स्वतन्त्र र सबल भएमात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ : राष्ट्रपति
-
एसियाको लेनिन हुन छाडेर चरेस, गाँजा र सुनका कुरा आए
-
राज्यमन्त्री कार्की उपेन्द्रकै पक्षमा
-
शरीरमा भिटामिन डीको कमी भयो भने के हुन्छ ?