अब जुन दिन सरकार बन्छ, दिनगन्ती शुरु हुन्छः महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादतर्फ संकेत गर्दै ठाकुरले भने– ‘कम्युनिष्टले आफ्नो पार्टी र सरकारको पनि रक्षा गर्न सकेन ।’
बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै ठाकुरले प्रतिनिधिसभाको पुनर्बहालीसँगै अस्थायी सरकार मात्र बन्ने बताए । ‘अब, जुन दिन सरकार बन्छ उसको दिनगन्ती शुरु हुन्छ’ ठाकुरले भने–‘एउटा शक्ति असफल भयो तर उसले सरकार छाड्न चाहेको छैन ।’
सशस्त्र द्वन्द गर्नेहरु देशको मन्त्री भएको बताउँदै रेशम चौधरी र मधेश आन्दोलनका आफ्ना नेता कार्यकर्तालाई जेलबाट नछाडेकोमा उनले आक्रोश व्यक्त गरेका छन् । ‘अत्याचार भएको छ’ ठाकुर भन्छन्–‘गोली चलाउनेहरूको प्रमोशन भएको छ, गोली खानेहरू जेलमा छन्, यो कहाँको न्याय हो ?’
आफ्ना साथीहरु जेलमा रहेसम्म संघर्ष जारी राख्ने जिकिर गर्दै महन्तले भने–‘विभेद रहेसम्म संघर्ष भइरहन्छ, अधिकार प्राप्तिको लागी संघर्ष जारी रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
-
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु