आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार योजनावद्ध ढंगले चलेको छः प्रधानमन्त्री ओली

‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक
बुधबार, १२ फागुन २०७७, १६ : ४५
बुधबार, १२ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । बुधबार राजधानीमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले आधुनिक नेपाल निर्माण गर्ने सन्दर्भमा माटोको डिजिटल नक्सा निर्माण गर्ने कार्य प्रशंसनीय भएको बताए । यस्तो कार्यमा नेपाल दक्षिण एसियाकै प्रथम राष्ट्र भएको भन्दै ओलीले यस कार्यमा खटिने तथा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।

 उनले डिजिटल प्रविधिमार्फत माटोको स्वास्थ्य स्थितिबारे जानकारी लिन सकिने भएपछि अब माटो बोकेर परीक्षण गराउन जानुपर्ने परम्परागत स्थितिको अन्त्य भएको उनले बताए। मोबाइलबाटै हेरेर वा टेलिफोन गरेर पनि माटो विज्ञहरूबाट जानकारी दिन सकिने उनको भनाइ छ।

उनले कृषिमा झण्डै दुई तिहाइ जनसंख्या संलग्न रहेको भएपनि राष्ट्रिय आयमा २७ प्रतिशतमात्रै योगदान रहेको उल्लेख गरे । राष्ट्रिय आयमा योगदान बढाउन कृषिमा आधुनिकीकरण हुनुपर्ने उनको भनाइ छ । 
‘कृषिमा अल्झिएको जनसंख्या, जहाँ अर्ध रोजगार र आंशिक रोजगार रहेका छन् । उनीहरु यस्तो पिङमा चढेका छन् तर मच्चिँदैन । हाम्रो कृषि त्यस्तै छ । म लिंगे पिङ चढेजस्तै’, उनले भने, ‘उपयुक्त ढंगले कृषिमा आश्रितहरुलाई अवसरको सिर्जना गर्ने, कृषि उत्पादन बढाउने राष्ट्रिय आयमा योगदान वृद्धि गर्नपनि सकिन्छ ।’ उनले सरकारको ध्यान उत्पादन र उत्पादकत्व बढाउने भएको पनि ओलीले बताए । 
ओलीले आफू नेतृत्वको सरकार हिँड्दै जाउँ जहाँ त पुगिएला भनेजसरी नचलेको भन्दै योजनावद्ध ढंगले चलेकाले कृषिका क्षेत्रमा पनि पर्याप्त ध्यान दिइएको बताए । 

‘हामी हिँड्दै जाउँ जहाँ पुगिएला भनेर सरकार चलाइरहेका छैनौं । हामी गन्तव्य तोक्छौँ । कहाँ पुग्ने भनि लक्ष्य तोक्छौं’, उनले भने, ‘कृषिमा उत्पादन र उत्पादकत्व बढाउने गरी काम गरिरहेका छौं ।  
उनले नेपालको उत्पादनलाई बजारको कुनै अभाव नभएको भन्दै उनले दुई छिमेकी मुलक भारतदेखि युरोपलगायतका देशसम्म निर्यात गर्न सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप