बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छः शम्भु थापा

बुधबार, १२ फागुन २०७७, १५ : २०
बुधबार, १२ फागुन २०७७

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । संसद पुनःस्थापना गर्ने अदालतको फैसलाले संवैधानिक निकास आएको भन्दै अब राजनैतिक निकास पनि मुलुकले पाउने उनको भनाई छ । 

बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । सर्वोच्च अदालतले संसद र संविधान मार्न सक्दैनौं है भनेर भनेको पनि उनले सुनाए । उनले भने, ‘असिमित अधिकार त संविधानवादमा मात्रै छ । कार्यकारिणी कार्यपालिकाको अधिकार शासन गर्ने यहीँ छ । तपाईँले संसदलाई मार्न सक्नुहुन्न् । खान सक्नुहुन्न् भनेर सर्वोच्च अदालतले प्रष्ट रुपमा भनेको छ । हामीले संवैधानिक सोचअनुसार बहस गरेका हौं । जे संविधान देखियो त्यसमा हामीले तर्क÷वितर्क गर्यौं । अदालतको फैसला आएको छ, त्यो फैसलालाई राजनीतिक वातावरण हल भैसकेको छ । अबको जवाफदेहिता सांसदहरु माथि जान्छ । उहाँहरुको परिपक्वतामाथि जान्छ । नेताहरुको परिपक्वतामाथि जान्छ ।’ 

साक्षात्कारमा बोल्दै थापाले अब मुलुकमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिए । थापाले भने,‘नागरिक समाजले आवाज उठाइराखेको छ, अब त्यो आवाजलाई सम्बोधन गर्छ कि गर्दैन् ? सम्बोधन गरिएन भने नागरिक समाज चुप लागेर बस्दैन् । नेपाली जनतालाई सुशासन दिनुपर्छ । सुशासनको प्रत्याभूति दिने मानिसहरु लिएर जानुपर्छ ।’

उनले अहिलेको गत्यावरोध संवैधानिक रुपले निकास भएको सुनाए । उनले भने–‘मुलुकले अब राजनैतिक निकास पनि पाउँछ । जस्तो आज संसदीय दलको बैठक बस्दैछ । नयाँ परिवेशमा संसदीय दलले आफ्नो नेता छनौट गर्छ । छनौट गरेर संसदमा पठाउँछ । संसदीय दलसँग ह्विप लगाउने अधिकार छ । वर्तमान प्रधानमन्त्रीले पार्टी फुटाएर लैजानुभयो भने अर्को अवस्था आउँछ । यदि दल फुटेन भने नेकपा नेकपा नै हुन्छ । नेकपाभित्रैबाट सरकार बन्ने अवस्था मैले देखेको छु । फुट्यो भने दुई वा दुईभन्दा बढि दल, राष्ट्रिय अनुकूलको दुई वर्ष सरकार चलाउनुपर्छ भन्नुभएको छ । उहाँहरूमाथि ठूलो जवाफदेही छ । अदालतले के भन्यो भने संविधानको त मैले व्याख्या गरिदिएँ । अब स्थायित्व दिनुपर्छ ।’ उनले नेपाली जनता अहिलेको चेहरा हेर्दा हेर्दा वाक्क भएको पनि टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप