शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भुवन केसी लेख्छन्–‘संवैधानिक संकट टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन’

बुधबार, १२ फागुन २०७७, १४ : ३५
बुधबार, १२ फागुन २०७७

काठमाडौं । मंगलबार साँझ सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनस्र्थापना पछि नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसीले पनि उक्त फैसलाको स्वागत गरेका छन् । उनले फेसबुकमा एउटा स्टाटस पोष्ट गर्दै उक्त फैसलाको स्वगत गरेका हुन् ।

‘सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौंको भौतिक र मानसिक बलिदानपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ’ केसीले अगाडि भनेका छन्, ‘सँगै हामी सबैले संविधानको अक्षरशः पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन ्भन्ने सन्देश पनि दिएको छ ।’

केसीले कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तीहरुलाई सलाम समेत भन्दै अगाडि लेखेका छन्, ‘संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन ।’ केसीले ‘मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला भन्दै टुङ्ग्याएको पोष्टमा आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला भनेर आग्रह समेत गरेका छन् ।’ भुवन पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय रहँदै आएका छन् । राजनीतिक रुपमा भने उनी नेकपा निकट मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप