लुम्बिनी प्रदेशमा मिलिजुली सरकार बन्न सक्छ: युवराज ज्ञवाली
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहका नेता तथा लुम्बिनी प्रदेशका इञ्चार्ज युवराज ज्ञवालीले केन्द्रमा मिलिजुली सरकार बनेमा त्यही अनुसार प्रदेशमा पनि सरकार बन्ने बताएका छन् । रातोपाटीसँग टेलिफोनमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रतिनिधिसभा बैठक बसेपछि केन्द्रमा जस्तो माहोल बन्छ, प्रदेशहरुमा पनि त्यही अनुसारको सरकार निर्माण हुने बताए ।
नेपाली काँग्रेस लगायतका दलहरुसँग मिलेर मिलिजुली सरकार निर्माण गर्न छलफल सुरु गरिएको उनले बताए । उनले प्रतिनिधिसभा विघटन बदर भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले लाज भए तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिएमा संसदमा अविश्वासको प्रस्ताव पेश गरी अब बहुमतबाट हटाइने चेतावनीसमेत दिए । संवैधानिक इजलासले फागुन ११ गते प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बस्न आदेश गरिसकेको सन्दर्भ उल्लेख गर्दै पूर्व मन्त्रीसमेत रहेका ज्ञवालीले आफुहरुले त्यसको तयारी समेत सुरु गरिसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : गणतन्त्र विरोधी गतिविधिविरुद्ध वृहत्त प्रदर्शन हुँदैदेखि दरबार हत्याकाण्डबारे प्रचण्डको अभिव्यक्तिले तरंगसम्म
-
जनकपुरमा ढिलो गरी मनाइयो होली
-
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
-
बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए
-
अनेरास्ववियुलाई नेविसंघको काउन्टर, आरोप लगाएर जिम्मेवारीबाट भाग्ने काम बन्द गरौँ
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु