शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रपतिलाई राजीनामा गर्न भुषालको सुझाव

बुधबार, १२ फागुन २०७७, १४ : २५
बुधबार, १२ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ पम्फा भुषालले सर्वोच्च प्रधानमन्त्री केपी ओली र राष्ट्रपति दुवै प्रतिगमनका मतियार भएकाले दुवैले राजीनामा गरेर बाटो खाली गर्नुपर्ने बताएकी छन् ।  प्रतिनिधिसभा पुनर्स्थापना भएको खुसीयालीमा काठमाडौमा बुधवार आयोजित विजयसभालाइ सम्बोधन गर्दै स्थायी समिति सदस्य समेत रहेकी भुषालले प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओली र त्यसमा साक्षी बस्ने राष्ट्रपतिले पनि राजीनामा गरेर बाटो खाली गर्नुपर्ने बताएकी हुन् । 

‘अलिकति नैतिकता छ भने राजीनामा दिइयोस् । हारेका प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ’ नेतृ भुषालको भनाई छ । उनले सर्वोच्च अदालतले नै आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएकाले त्यो भन्दा अघिनै प्रतिगमनका मतियारहरुले राजीनामा दिँदै पश्चाताप गर्न सुझाव दिइन् ।

यदि त्यसबेलासम्म पनि राजीनामा नगरे संसदबाट गलहत्याएर निकाल्नुपर्ने अवस्था आउनसक्ने भन्दै उनले ‘पशुपतिमा पुजा गर्नुभन्दा जनतामा क्षमा माग्दा राम्रो’ हुने बताइन् ।  उनले केपी प्रबृत्तिलाई पराजित गरेसँगै संविधान लिकमा आएकाले अव राजनीतिक उपलब्धीका लागि आन्दोलन गर्नुपर्ने अवस्था नआउने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप