पीसीआर रिपोर्ट नहुनेलाई भारत प्रवेशमा रोक

काठमाडौं । भारत सरकारले पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विना परीक्षण तथा विना कोभिड–१९ प्रमाणीकरण मुलुकमा विदेशीहरुलाई प्रवेश दिँदा थप जोखिम बढेको जनाउँदै भारत सरकारले यस्तो प्रतिबन्ध लगाएको हो ।
हालसम्मको खुल्ला प्रवेशलाई निषेध गर्दै भारत सरकारले देश भ्रमणमा आउने जो कोही यात्रुले यात्रा पूर्व नै अनलाइनमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । योसँगै अबभारत जान चाहने सबै यात्रुहरुले यात्रा पूर्वनै अनलाइनमा आफ्नो स्वास्थ्य परिक्षण पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने छ । यद्यपि यस्तो प्रावधान भने हवाई मार्ग भएर जाने यात्रुहरूका लागि मात्र हो ।
त्यसो त यसअघिसम्म भारत भ्रमणमा जाने यात्रुले पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गए मात्र हुनेमा अहिले यी दुबै रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको हो । अन्यथा अनलाइन अपलोड नगरी यात्रा गर्न खोजेमा उक्त व्यक्तिले यात्राको अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ ।
पीसीआर रिपोर्ट र सेल्फ डिक्लिेरेशन फारम भने नयाँ दिल्लीस्थित विमानस्थलको वेभसाइटमा उपलब्ध रहेको छ । हाल नेपाल–भारत नेपाल एयरलाइन्स र एयर इण्डिया दुईवटा मात्र एयरलाइन्सले उडान भर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु