आगामी रणनीति बनाउन ओली समूहको बालुवाटारमा स्थायी समिति बैठक जारी
बुधबार, १२ फागुन २०७७, १३ : ०९

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्माको सरकारी निवास बालुवाटारमा उनी पक्षीय नेकपाको स्थायी समिति बैठक बसिरहेको छ । बैठकबाट सर्वोच्चको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताइएको छ ।
बैठकमा ओली पक्षीय नेताहरु विष्णु पौडेल, राम बहादुर थापा बादल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, टोप बहादुर रायमाझी, मणि थाप, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायतको सहभागिता रहेको बताइएको छ ।
ओलीले सर्वोच्चको फैसला स्वीकार्ने बताएका छन् तर तत्काल राजीनामा भने नदिने सल्लाहकारमार्फत सन्देश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?