निफ्राको सेयर भाउ शतप्रतिशत घटेपछि बजारमा हल्लीखल्ली
बुधबार, १२ फागुन २०७७, १२ : ३४
टिएमएसमा गडबढ देखाउँदा नेप्से सूचक भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर भाउ शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चिएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।
कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत घटेको देखिएको छ । यसले निफ्राको भ्यालू शून्य भएको जनाउँछ । अनलाइन प्रणालीमा गडबढी हुँदा यस्तो देखिएको हो ।
टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैङ्कको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैङकको शेयरमूल्य शतप्रतिशतले घटेपछि लगानीकर्तामा भ्रम पैदा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश