कोरियामा आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन
कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिका सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर छन् भने सचिवमा शकुन आँसु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन रहेका छन् । त्यस्तै सदस्यमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुष्मा रानाहँछा, सुनिलदिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् ।
आदिवासी जनजातिको मौलिक सभ्यता निर्माण र मौलिक दर्शनशास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले दक्षिण कोरियामा पनि महासङ्घको समिति गठन गरिएको संयोजक पोमु र सचिव आँसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ