शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोषले सेयर लिलामी गर्ने, २१ गतेदेखि बिक्री खुला

बुधबार, १२ फागुन २०७७, १० : ३९
बुधबार, १२ फागुन २०७७

नागरिक लगानी कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कोषले नबिकेको हकप्रद सेयर खुला गर्न लागेको हो । कोषले ८२.८४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको उक्त सेयर लिलामी गर्न लागेको हो ।

 बोलपत्र पेश गर्ने अन्तिम म्याद चैत २ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 
न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्बर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप